युनाइटेड इदी मर्दी हाइड्रोपावरको आईपीओ बाँडफाँड



काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरको साधारण सेयर ( आईपीओ) बाँडफाँट भएको छ ।

आईपीओमा आवेदन दिएका ५ लाख ४१ हजार २६३ जना आवेदनकर्ता मध्ये ८१ हजार २७३ जनाले १०/१० कित्ता सेयर हात पारेका छन् । आवेदन दिएका मध्ये ४ लाख ५९ हजार ९८९ जनाको हात खाली भएको छ । आवेदन दिएका मध्ये ८६१ जनाको आवेदन रद्द भएको छ । उक्त सेयर गोलाप्रथा गरेर बाँडफाँड गरिएको हो ।

गोलाप्रथा गर्दा बाँकी रहेको ६ कित्ता सेयर ६ जनाले पाएका छन् । आईपीओमा आवेदन दिएकाहरु मध्ये १० कित्ता भन्दा बढी आवेदन दिने ६ जनालाई १/१ कित्ता थप पाएका हुन ।
कम्पनीले ८ लाख १२ हजार ७३६ कित्ता सेयरमा ९४ लाख ९८ हजार ४०० कित्ताका लागि ९४ करोड ९८ लाख ४० हजार रुपैयाँका आवेदन परेको थियो ।

कम्पनीले स्थानीयको लागि खुला गरेको सेयरमा माग अनुसार आवेदन नपरेपछि बाँकी रहेको २ लाख ४३ हजार ९१० कित्ता थपेर ८ लाख ७३ हजार ९१० कित्ता सेयर खुला गरेको हो ।

८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्कासन गरेकोमा ४३ हजार ६९६ कित्ता सामूहिक लगानी कोष, १७ हजार ४ सय ७८ कित्ता कर्मचारी र ८ लाख १२ हजार ७३६ कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।


क्लिकमान्डु