सेयर बजारमा उछाल आउँदा ५६ कम्पनीको सेयर मूल्य घट्यो
काठमाडौं । बुलिस टे«न्डमा रहेको सेयर बजारमा उछाल आउँदा ५६ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
यो दिन नेप्से सूचक ७५.०२ अंकले बढेर १९६८.२७ बिन्दुमा पुग्दा २०० कम्पनीको सेयर किनबेच भएको छ । २०० कम्पनीको सेयर कारोबारमा ५६ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । २०० कम्पनीमा १०२ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
सुरु देखि नै उतार चढाव रहेको सेयर कारोबारमा लामो समयदेखि सकारात्मक सर्किट लाग्दै आएको बिशाल बजार कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै आँखुखोला जलविद्युत कम्पनी, मल्टी प्रपोज फाइनान्स, सनराइज फस्ट म्यूचुअल फण्ड, पाँचथर पावर कम्पनी, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
यो दिनको कारोबारमा ६ वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । जसमा ग्रिन डेभलपमेन्ट बैंक, सेन्चुरी कमर्शियल बैैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सनराइज बैंक, माच्छापुच्छे बैंक र मुक्तीनाथ विकास बैंक रहेको छ ।
कारोबारमा मेगा बैंक, नेपाल बंगलादेश बैंक, महालक्ष्मी विकास बैंक, प्रभु बैंक, ग्रामिण विकास बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक, हिमालयन बैंकका लगानीकर्ताले कमाएका छन् ।