कैलाश एयरको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण



काठमाडौं । बाग्लुङबाट काठमाडौं आउँदै गरेको कैलाश एयरको हेलिकप्टरमा चरा ठोक्किँदा नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ ।

कम्पनीका सञ्चालक प्रतापजंग पाण्डेले आइतबार दिउँसो १ बजेर ३७ मिनेटमा हेलिकप्टरमा चरा ठोक्किएको जानकारी दिए । त्यसपछि हेलिकप्टरलाई नुवाकोटमा अवतरण गरिएको थियो ।

हेलिकप्टरमा ५ जना यात्रु सवार थिए । उनीहरुलाई कैलाश एयरकै अर्को हेलिकप्टरमार्फत् काठमाडौं ल्याइसकिएको छ भने उनीहरुको सकुशल छन् ।

पाण्डेका अनुसार हेलिकप्टरमा सामान्य क्षति पुगेको छ । हाल इन्जिनियरहरु पठाइएको उनले जानकारी दिए ।


क्लिकमान्डु