सेयर बजार बुलिस ट्रेन्डमा, पुनः अर्को रेकर्ड कायम, लगानीकर्ताको ध्यान बैंकमा



काठमाडौं । साताको पहिलो दिन सेयर बजारले पुनः नयाँ रेकर्ड कायम गरेको छ । सेयर बजारले यसअघिको आफ्नो रेकर्ड ब्रेक गरेर नयाँ रेकर्ड कायम राखेको हो ।

यसअघि बिहीबार ७० हजार ३ कारोबारमा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रुपैयाँको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएका थिए ।

बिहीबार नेप्से परिसूचक १८९३.२४ विन्दुमा रोकिएको थियो । बिहीबारको रेकर्डलाई आइतबार ब्रेक गर्दै बजार ७५.०२ अंकले बढेर १९६८. २७ बिन्दुमा रोकिएको छ ।

यो दिन २०० कम्पनीको २ करोड ५९ लाख ४५ हजार ३८० कित्ता सेयर ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३४८ रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा उछाल आउनुको प्रमुख कारण बैंकिङ समूह देखिएको छ । यो दिन बैकिङ समूहको उपसूचक ११२.३२ अंकले बढेको छ । साथै विकास बैंक, जलविद्युत कम्पनी, वित्त कम्पनी, जीवन बीमा, माइक्रोफाइनान्स समूहको उपसूचक बढ्दा निर्जीबन बीमा समूहको उपसूचकमा गिरावट आएको छ ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको ५१ करोड ७९ लाख ९१ हजार ८३७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा कुमारी बैंक र नबिल बैंक रहेका छन् ।


क्लिकमान्डु