कारोबार सुरु भएको आधा घन्टामा नेप्से सूचक ४५ अंकले बढ्यो, १ अर्ब बढीको कारोबार
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार कारोबार सुरु भएको आधा घन्टामा नै ४४.६९ अंकले बढेर नेप्से परिसूचक १९३७.९४ बिन्दुमा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १०.२७ अंकले बढेर ३७५.४५ बिन्दुमा रोकिएको छ ।
१६७ कम्पनीको २२ लाख १२ हजार कित्ता सेयर १ अर्ब ५ करोड ५२ लाख ८० हजार ९४० रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । बैकिङ समूहको उपसूचक ५८.०३ अंकले बढेको छ ।