नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनमा मतदान सकियो, मतगणना सुरु हुने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदान सकिएको छ ।

महासंघको निर्वाचन जिल्ला नगरको प्रज्ञा प्रतिष्ठान,एशोसियटको कार्की ब्याङ्केट र वस्तुगतको महासंघ सचिवालयमा भएको थियो ।

महासंघ निर्वाचनमा शतप्रतिशत नै मत खसेको छ । अब केही बेरमा प्रज्ञा प्रतिष्ठानामा मतगणना हुने छ ।

महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल प्रत्यासी छन् । गुट बनाएर प्रधान र ढकाल प्रतिस्पर्धामा होमिएका थिए ।


क्लिकमान्डु