पुँजी बजारमा थपियो ५० करोड १९ लाख कित्ता सेयर



काठमाडौं । पुँजी बजारमा विभिन्न ६ वटा कम्पनीको ५० करोड १९ लाख ५६ हजार ३५७ कित्ता सेयर थपिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार विभिन्न ६ वटा कम्पनी मध्ये २ कम्पनीको बोनस, एउटा कम्पनीको हकप्रद शेयर र ३ वटा विकास ऋणपत्र सूचिकृत भएको छ ।

नेप्सेमा राष्ट्र बैंकले निष्कासन गरेको विकास ऋणपत्र २०८६ ‘घ’ २० करोड कित्ता, राष्ट्र बैंक कै विकास ऋणपत्र २०८४ ‘घ’ १० करोड कित्ता र राष्ट्र बैंकले निष्कासन गरेको अर्को विकास ऋणपत्र २०८७ ‘घ’ २० करोड कित्ता रहेको छ ।

यस्तै नारायणी डेभलपमेन्ट बैंकको २ लाख १८ हजार ७४६ कित्ता बोनस शेयर, सिभिल लघुवित्त वित्तिय संस्थाको ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर र नेरूडे लघुवित्त वित्तीय संस्थाका ५ लाख ९६ हजार ४७०.५ कित्ता बोनस शेयर रहेको छ ।


क्लिकमान्डु