बुलिस ट्रेन्डमा रहेको सेयर बजारमा ऐतिहासिक रेकर्ड कायम, केकेमा रच्यो नयाँ रेकर्ड ?



काठमाडौं । सेयर बजारले ऐतिहासिक रेकर्ड कायम गरेको छ । बिहीबारको कारोबारमा इन्डेक्स, कारोबार रकम र सेयर कित्तामा समेत नयाँ रेकर्ड बनेको हो ।

यो दिन नेप्से मापन गर्ने सूचक १८.४३ अंकले बढेर १८९३.२४ बिन्दुमा रोकिएको छ । नेप्सेले यसअघि २०७३ १२ गतेको १८८१.४५ को उच्च बिन्दुलाई ब्रेक गर्दै बजार १८९३.२४ बिन्दुमा रोकिएको छ । यो दिन १९२६.९२ अंकमा पुगेर झरेको हो । यो दिन २०१ कम्पनीको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँको कारोबार भएको छ ।

आज सेयर लगानीकर्ता बैंकतर्फ लागेका छन् । जसले पनि बजारलाई बुल हुन सहयोग गरेको छ । बैंकिङ समूहको उपसूचक ३७.७६, अन्य समूहको उपसूचक १५.३६ अंकले बढेको छ । बाँकी विकास बैंक, जीवन तथा निर्जीबन, माइक्रोफाइनान्स समूहको उपसूचकमा गिरावट आएको छ ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी रहेको कम्पनीको ५८ करोड १३ लाख १७ हजार १७८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र शिवम् सिमेन्ट रहेका छन् ।


क्लिकमान्डु