पिपुल्स पावरको शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त



काठमाडौं । पिपुल्स पावर लिमिटेडको शेयर निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त भएको छ ।

पिपुल्स पावरले सर्वसाधारणलाई जारी गर्न लागेको शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

नियुक्ति सम्बन्धी सम्झौतामा आज (बिहीबार) सम्पन्न भएको छ । संझौतामा पिपुल्स पावरको तर्फबाट सञ्चालक सन्तोष राज नेपाल तथा प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

पिपुल्स पावर लिमिटेडले इलाम जिल्लाको इलाम नगरपालिकामा पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ ।


क्लिकमान्डु