सार्क क्षेत्रको विकासका लागि सहकार्य गर्न नेपाल सदैब प्रतिबद्धः उपाध्यक्ष कंडेल



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलले क्षेत्रको विकासका लागि सहकर्य गर्न नेपाल सदैव प्रतिबद्ध रहेको बताएका छन् ।

पाकिस्तान सरकारको आयोजनामा दक्षिण एसियामा दिगो विकास लक्ष्य हासिल गर्ने सम्बन्धमा पहिलो सार्क योजना मन्त्रीस्तरीय बैठकमा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उपाध्यक्ष प्रा.डा. कंडेलले दिगो विकास लक्ष्यको प्रगति तथा नेपालले हालसम्म अवलम्बन गरेका कानूनी, नीतिगत तथा संरचनागत पक्षहरुको बारेमा जानकारी गराए ।

उनले एजेण्डा २०३० शुरुवात भएको पाँच बर्ष बितिसकेको तथा महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले दक्षिण एसिया क्षेत्रमा सामाजिक आर्थिक प्रभाव पारेको प्रति चन्ता व्यक्त गरे । जसले गर्दा सार्क सदस्य राष्ट्रहरुबीच सहकार्यका लागि एकजुट हुनु आवश्यक रहेको उनको भनाइ छ ।

सार्कको संस्थापक सदस्य भएको तथा वर्तमान अध्यक्ष भएको हैसियतले यस क्षेत्रको विकासका लागि सहकर्य गर्न नेपाल सदैव प्रतिबद्ध रहेकोमा अपाध्यक्ष कंडेलले बताए ।

सबै राष्ट्रहरुले अवलम्बन गरेका असल अभ्यासको एकआपसमा आदानप्रदान गर्नुका साथै सार्क क्षेत्रमा दिगो विकास लक्ष्य प्राप्ति सम्बन्धी विस्तृत अध्ययन गर्न आवश्यक पर्ने बताए ।

कार्यक्रममा उपाध्यक्ष प्रा।डा। कंडेलले दिगो विकास लक्ष्य हासिल गर्नका लागि वर्तमान वित्तीय अभाव तथा प्रविधि, क्षमता विकास जस्ता पक्षहरुलाई महत्व दिनुपर्नेमा जोड दिए ।

उनले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणको कारण स्वास्थ्य, सामाजिक तथा आर्थिक क्षेत्रमा पारेको नकारात्मक प्रभावलाई पार गरी सार्क क्षेत्रमा व्याप्‍त चरम गरिबीको अन्त्य गरी आर्थिक समृद्धितर्फ लम्कनु पर्ने र त्यसको लागि सबै सार्क सदस्य राष्‍ट्रहरु एकीकृत रुपमा प्रतिबद्ध भई अघि बढ्नुपर्ने बताए ।

बैठकले मा पहिलो सार्क योजना सचिवस्तरीय बैठकको प्रतिवेदन पारित गरिएको थियो । साथै सार्क सदस्य राष्ट्रका प्रतिनिधिहरुले आ–आफ्नो राष्ट्रमा दिगो विकास लक्ष्यमा भएका प्रगति र सो सम्बन्धमा भएका क्षेत्रीय सहयोग तथा समन्वयका विषयमा मन्तव्य दिएका थिए ।

 


क्लिकमान्डु