सेयर बजारमा बुलिस ट्रेन्ड, ४ वर्ष ४ महिना अघिको रेकर्ड ब्रेक गर्न १९ अंक बाँकी
काठमाडौं । सेयर बजार बुलिस ट्रेन्ड मा जाँदा ४ वर्ष अघिको रेकर्ड ब्रेकको सम्भावना नजिक देखिएको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से मापन गर्ने सूचक ५३.३५ अंकले बढेर १८६३.४६ बिन्दुमा रोकिएको छ । १८६४.१७ बिन्नुमा पुगेर थोरै करेक्सन भएको छ । यही गतिमा बजार बढने हो भन चार वर्ष अघिको अर्थात २०७३ साउन १२ गतेको १८८१.४५ को रेकर्ड ब्रेक गर्नको लागि १९ अंक मात्रै बाँकी छ । अब बजार १९ अंकले बढेको खण्डमा ४ वर्ष ४ महिना अघिको रेकर्ड ब्रेक हुने छ ।
यो समाचार तयार पार्दासम्म १९६ कम्पनीको ९८ लाख १७ हजार २७८ कित्ता सेयर ३ अर्ब ३३ करोड ५६ लाख ५१ हजार ५९४ रुपैयाँको सेयर किनबेच भएको छ । यो अवधिसम्म सबै समूहको उपसूचकमा उल्लेख्य सुधार देखिएको छ ।
१८८१.४५ अंकमा पुगेर घटेको बजार २०७५ फागुन २१ गते ११०२.६४ बिन्नुमा पुगेको थियो । त्यो दिन बजार १८८१.४५ को गणना गर्दा ४० प्रतिशतको हाराहारीमा घटेको थियो । त्यसपछि बजार गतिलिन थालेको हो । जसको प्रभाव अहिले देखिएको छ ।