उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन रोक्न गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

निर्वाचन रोक्न माग गर्दै यसअघि जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा दिइएको निवेदन सुनुवाई नभएपछि अदालतमा रिट दायर गरिएको हो ।

संस्थाको विधान र सर्वमान्य सिद्धान्त विपरीत निर्वाचन गर्न लागिएको भन्दै निर्वाचन रोक्न माग गर्दै उद्योग वाणिज्य महासंघ २ नम्बर प्रदेशका अध्यक्ष शिवशंकर साहले गत बिहीबार काठमाडौं प्रशासनमा निवेदन दिएका थिए ।

गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सचिवलालयलाई समेत बोधार्थ दिँदै निवेदन दिइएको थियो । त्यसपछि साहले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

सर्वोच्चले मंसिर ११ गतेका लागि पेशी तोकेको छ । महासंघको निर्वाचन पनि सोही दिन शुरु हुँदैछ ।

गत चैत २८/२९ गते हुनुपर्ने ५४औं साधारणसभा र निर्वाचन कोरोनाका कारण धकेलिँदै धकेलिँदै मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

चैतमा चुनाव नभएपछि महासंघको कार्यसमिति अबैधानिक भएको साहको दाबी छ ।


क्लिकमान्डु