सेयर बजार बुलिस ट्रेन्डमा, उच्च बिन्दु पार गर्न ७२ अंक बाँकी



काठमाडौं । सेयर बजार बुलिस ट्रेन्डमा देखिएको छ । सोमबार सामान्य करेक्सन भएको बजार मंगलबार २९.६८ अंकले बढेर १८१०.११ बिन्दुमा रोकिएको छ ।

बजारले यसअघिको १८८१ अंकको उच्च बिन्दु भेटन अब ७१ अंक बाँकी रहेको छ । अब ७२ अंकले बजार बढेपछि उक्त बिन्दु पार हुने छ । आजै बजारले लगानीकर्ताको १८ सयको मनोवैज्ञानिक रेखा पार गरिसकेको छ । बजारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.४२ अंकले बढेर ३४९.३७ बिन्दुमा रोकिएको छ ।

मंगलबार १९६ कम्पनीको १ करोड १७ लाख ४८ हजार ५२० कित्ता सेयर ५ अर्ब ४४ करोड २९ लाख ५० हजार १८९ रुपैयाँको किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा उल्लेख्य वृद्धि देखिएको छ ।

कारोबार रकमको आधारमा एनआईसी एशिया बैंक अग्रस्थानमा रहेको छ । बैंकको ३७ करोड ३३ लाख ८६ हजार ५०५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा नेपाल दुरसञ्चार कम्पनी र नेपाल पुनर्बीमा कम्पनी रहेका छन् ।


क्लिकमान्डु