बिल गेट्सलाई पछि पार्दै विश्वको दोस्रो धनी व्यक्ति बने एलन मस्क



एलन मस्कले बिल गेट्सलाई पछि पार्दै विश्वका दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन् ।

ब्लुमर्गका अनुसार टेस्लाका सह संस्थापक समेत रहेका मस्कले गत साता फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई उछिनेका थिए । ४९ वर्षे मस्कको सम्पत्ति १२७.९ अर्ब डलर पुगेको छ ।

टेस्ला कम्पनीको सेयर सन् २०२० मा ४९० प्रतिशतले बढेको छ । जसमा मस्कको सम्पत्ति २० प्रतिशत छ ।

कम्पनीले सन् २०१० मा आइपीओ जारी भएपछि हालसम्म सेयर मूल्य ४ हजार प्रतिशतले बढेको छ । टेस्लाले हाल महंगा गाडी निर्माण गरिरहेको छ । जसको मार्केट भ्याल्यू हाल ४०० मिलियन डलर पुगेको छ ।

गत जनवरी महिनामा ५०० जना धनीहरुको सूची सार्वजनिक हुँदा मस्क ३५औं स्थानमा थिए ।

हाल विश्वका सबैभन्दा धनी व्यक्तिमा अमेजनका संस्थापक जेफ बेजोस छन् ।

मस्कको सम्पत्ति अमेरिकाको जीडीपीमा ०.५९८ प्रतिशत हो । विश्वका ५०० जना धनीहरुको सम्पत्तिमा उनको सम्पत्ति १.७९ प्रतिशत हो । त्यसैगरी उनको सम्पत्ति अमेरिकामा मध्यम वर्गका १८ लाख ६१ हजार १९१ वटा घरको आम्दानी बराबरको पुगेको छ ।


क्लिकमान्डु