चन्द्र ढकाल प्यानलका २ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहबाट दुई जना केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

ढकाल समूहका उम्मेदवारहरु प्रदेश १ बाट केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फबाट द्विराष्ट्रिय उद्योग वाणिज्य संघका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित हुनुभएको हो ।

यसअघि मोरङ व्यापार संघको कार्यकारी सदस्य समेत रहेका उहाँ हाल नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नं १ को उपाध्यक्षसमेत हुन् ।

मोरङ अर्का वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानको गृह जिल्ला हो । ढकाल समूहका सदस्य तथा पदाधिकारीहरुले १ नं प्रदेशबाट नै यसरी विजय यात्रा शुरु भएकोले निर्वाचनमा आफूहरुको समूहको विजय सुनिश्चित भएको बताएका छन् ।


पुष्प दुलाल