साढे ५ लाख युनिट बिक्री भयो मारुती सुजुकी एर्टिगा



मारुती सुजुकीद्वारा उत्पादित एर्टिगा कार साढे पाँच लाख युनिट बिक्री भएको छ । सन् २०१२ मा उत्पादन शुरु भएको यो कारले नयाँ माइलस्टोन कायम गरेको हो ।

उत्पादन भएको ८ वर्षमा मारुती सुजुकीको यो ब्राण्डले यो उचाई कायम गरेको हो । शुरुमा यो मोडलको गाडी सिएजनी भेरिन्यन्टमा डिजल र पेट्रोल इन्जिन अप्सनमा उपलब्ध थियो । तर पछि विएस–६ नियमका कारण डिजल भर्सनको उत्पादनमा भने रोक लगाइएको कम्पनीले जनाएको छ ।

एमपिभि सेग्मेन्ट (मल्टि पर्पोज भेइकल) मा पर्ने यो कारको सफलताबारे बोल्दै मारुती सुजुकी इन्डियाका कार्यकारी निर्देशक शशांक श्रीवास्तवले भने– यो एमपिभि गाडीले विगत केहि वर्षदेखि बजारमा लिड गरेको छ । एर्टिगा ब्राण्डले यसको सार्प स्टाइल, स्पेस, लचक्टा, सुरक्षा र प्राविधिक विशेषताहरुसँगै युटिलिटेरियन एमपिभिको रिडिफाइन गरेको छ ।

भारतको पहिलो कम्प्याक्ट एसयुभी एर्टिगाले इनोभेसनको लिगेसी बनाएको छ । एर्टिगाले यो सेग्मेण्टमा बजारमा आफ्नोे उपस्थिीती बृद्धि गरेको छ ।

सन् २०२० सम्म आउदा साढे पाँच लाख युनिट विक्री भएको यो कार सन् २०१५÷१६ आर्थिक वर्षमा साढे २ लाख युनिट विक्री भएको थियो । अहिले यो कारले रेनो ट्राइबर र महिन्द्रा मराज्जोसँग प्रतिस्पर्धा गर्न थालेको कम्पनीको दावी छ ।

मारुती सुजुकीले एर्टिगाको दोस्रो पुस्ता उत्पादनमा प्रोपर्सन, स्पेस र इक्युप्मेन्ट लेभलमा व्यापक सुधार गरेको छ । सेभेन सिटरमा दा्रेसो रो र डिसेन्ट थर्ड रो लेगरुम सुविधा समेत रहेको छ । सिट पनि बुट स्पेस बढाउन मिल्ने गरी डिजाइन गरिएको छ । इक्युप्मेन्टका सवालमा अटो क्लाइमेट कन्ट्रोल, प्रत्येक रोमा चार्जिङ सकेट, डुअल एयर ब्याग, इविडिवाला एविएसका साथै हिल होल्ड र अटोमेटिक भर्सनको इएसपि रहेका छन ।


क्लिकमान्डु