ट्रम्प आम नागरिक बन्ने वित्तिकै शुरू हुन सक्छन् यी ६ केस



काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति पदमा हुँदा कानुनी मामिलाबाट सुरक्षित थिए । तर २०२० को राष्ट्रपति पदको चुनाव हरेपछि उनी फेरि एक साधारण नागरिक बन्नेछन् ।

यसको मतलव उनी राष्ट्रपति पदबाट हटेपछि सरकारबाट प्राप्त सुविधाहरू प्रयोग गर्न पाउने छैनन् ।

पूर्वअमेरिकी संघीय र न्यूयोर्क राज्य अभियोजक डेनियल आर एलोन्सोका अनुसार जब ट्रम्प कार्यालयबाट बाहिरिने छन् तब वातावरण परिवर्तन हुनेछ । साथै, राष्ट्रपतिलाई शक्तिको खण्डन हुने छैन र अनुसन्धानमा अवरोध नहुने बताए ।

अमेरिकी राष्ट्रपति ट्रम्पसँग जालसाजीदेखि लिएर यौन उत्पीडनसम्ममा मुद्दाहरूको सुची रहेको छ । ट्रम्पलाई राष्ट्रपति पदबाट बाहिरिने वित्तिकै ६ वटा मुद्दाहरू पर्नेछन् जुन पछिका दिनहरूमा लडाईको रुपमा पनि लिनसक्छ ।

१) नबोल्न भनि पैसा दिएको विषय
स्टार्मी डेनियल जसको वास्तविक नाम स्टेफनी क्लिर्फोड रहेको छ । उनले २००६ मा ट्रम्मसँग शारीरिक सम्बन्ध बनाइको र प्लेब्वाई मोडल केरन मैकगुगल र एडल्ट फिल्म अभिनेत्री स्टार्मी डेनियल्सको कुरा निकै चर्चा बनेको थियो । यी दुई महिलाले आरोप थियो कि उनीहरूले ट्रम्पसँग शारीरिक सम्बन्ध राखेका थिए । तर, २०१६ को राष्ट्रपति चुनावभन्दा अघि उनलाई मौन राख्न पैसा दिएको आरोप लगाएका थिए ।

२०१८ मा जब उनले शारीरिक सम्बन्ध रहेको दावी गरे तब ट्रम्पको विरुद्ध राजनीतिक विपक्षीहरूको आक्रमण तीव्र भएको थियो । साथै, यसबारे दुई आपराधिकलाई अनुसन्धान पनि शुरू भएको थियो ।

पहिलो मुद्दा ट्रम्पको पूर्व निजी वकिल माइकल कोहेनमा केन्द्रित थियो । उनीमाथि संघीय तथा राष्ट्रिय कानून उल्लङ्घन गरेको आरोप लगाइएको थियो ।

अनुसन्धानको क्रममा कोहेनले ती दुई महिलालाई मौन बस्नका लागि पैसा दिएको स्वीकार गरेको थियो । उक्त कुराको स्वीकार भएसँगै निर्वाचनको अभियानको लागि वित्तीय नियम उल्लङ्घन भएको पाइयो । साथै २०१८ मा कोहेनलाई ३ वर्षको जेल सजाए पनि दिएको थियो ।

तर, कोहेनले भने ट्रम्पको दिएको निर्देशन अनुसार पैसा भुक्तानी गर्न गरेको बताएको थियो । अभियोगहरूलाई ट्रम्पको विरुद्ध लगाइएको आरोप प्रमाणित गर्न प्रमाणको अवश्यक थियो ।

तर, कानुनी विज्ञहरूका अनुसार अभियोगसँग प्रमाण भए पनि राष्ट्रपति विरुद्ध फौजदारी मुद्दा चलाउन नसकिने निष्कर्ष थियो । जसले गर्दा उक्त मुद्दालाई बन्द गर्नबाहेक अरू विकल्प थिएन ।

अहिले ट्रम्प राष्ट्रपति पदबाट बाहिरिने वित्तिकै बाहिरको माहोलमा जटिल अवस्था उत्पन्न हुनेछ । किनेभने उक्त पैसा भुक्तानीसँग सम्बन्धित अपराधिक मुद्दा हालसम्म पनि चलिरहेको छ ।

त्यसबेला ट्रम्प संगठनले भुक्तानका लागि रेकर्ड हेरफेर गर्यो वा गरेन भनेर म्यानहेटन डिस्ट्रिक अटार्नी साइरस वेन्सले अनुसन्धान गरिरहेको छ । यद्यपि, हालसम्म वेन्ससँग आपराधिक मुद्दा शुरू गर्ने प्रमाण छ कि छैन भन्ने यकिन छैन ।

यदि यी भुक्तानीहरूमा कर छली गरेको जस्तो अपराध देखा पर्यो भने न्यूयोर्क कानून अनुसार कानुनी कार्य ट्रम्प बाहिरिने वित्तिकै शुरू हुन सक्दछ ।

२) कर र बैंक छलीको अनुसन्धान
अगस्ट २०१९ मा वेन्सले ट्रम्प संगठनको विरुद्ध अनुसन्धान शुरु गरे जुन संगठनको वकिल राजनीतिक रुपले पे्ररित रहेको भनेर वर्णन गरेका थिए ।
वेन्सले उनलाई कानूनीरुपमा खोज्न सकिने कागजातहरू जारी गर्न आग्रह गरेको थियो । यसमा उनले वित्तीय रेकर्ड बाहेक ट्रम्पको आठ वर्षको कर फिर्ता मागेका थिए ।

त्यसबेलादेखि ट्रम्पले कानूनी अधिकार रोकेको थियो र अदालतमा यसलाई राजनीतिक उत्पीडन भनिएको थियो ।

अगस्टमा वेन्सले कर फिर्ताको माग गर्दै भनेका थिए, ‘सार्वजनिक रुपमा ट्रम्प संगठनमा लामो आपराधिक रिपोर्टहरू छन् । जसमा बीमा र बैंकको छली पनि समावेश रहेको छ ।’ यसका साथै ट्रम्पले सर्वोच्च अदालतमा कर फिर्ताको माग विरुद्धको पनि अपील गर्न सक्ने अनुमान लगाएका छन् । यस मुद्दालाई त्यहाँ समाधान गर्न सकिन्छ, तर ट्रम्पको बिरुद्ध मुद्दा चलाउन वेन्सलाई कर फिर्ता आवश्यक पर्नेछ ।

३) रियल स्टेटमा धोखाधडी सम्बन्धि जाँच
न्यूयोर्क अटर्नी जनरल लेटिशा जेम्स राष्ट्रपति ट्रम्पको बाटोमा काँडा बन्न सक्छिन् । सन् २०१९ को मार्चमा जेम्सले गरेको जाँच ट्रम्प अर्गनाइजेसनले गरेको कथित रियल स्टेट धोखाधडीमा केन्द्रित छ ।

यो जाँच पनि कोहेनको मामलामा गएर जोडिन्छ । सन् २०१९ को फेब्रुअरीमा कोहेनले अमेरिकी कांग्रेसमा ट्रम्पले कर्जा लिनका लागि आफ्नो सम्पत्तिको मूल्य बढाएर देखाएको र कर कम गर्नका लागि मूल्यलाई कम गरेर देखाएको बताएका थिए ।

४) इमोलुमेन्टको मामला
इमोलुमेन्टको परिभाषाका अनुसार यसबाट सार्वजनिक कार्यालय वा जागिरबाट प्राप्त लाभका रुपमा हेरिन्छ । तर यससँग ट्रम्पको के सरोकार छ त ?

ट्रम्पमाथि के आरोप छ भने उनले आफ्नो राष्ट्रपति कार्यकालको समयमा इमोलुमेन्टसँग जोडिएका नियमहरु तोडेका छन् । अमेरिकी संविधानमा यस्ता नियमका इमोलुमेन्ट अनुच्छेदका रुपमा लिपिबद्ध गरिएको छ । यो कानून अनुसार राष्ट्रपति समेत सबै सरकारी कर्मचारीले कुनै पनि विदेशी लाभ लिनुभन्दा अघि कांग्रेससँग सहमति लिनुपर्छ ।

ट्रम्पका विरुद्ध सहमति नलिएका सम्बन्धि ३ वटा कानूनी मामला छन् । जसमध्येको एक विदेशी अधिकारीहरुलाई वासिङटन डिसीमा ट्रम्प इन्टरनेशनल होटलमा राखेको विषय पनि छ ।

ट्रम्पले यो अनुच्छेदको निन्दा गर्दै अन्य राष्ट्रपतिहरुले पनि पैसा कमाएको आरोप लगाएका थिए । तर संवैधानिक विशेषज्ञहरुका अनुसार ट्रम्पका विरुद्ध यो मामला बन्नका लागि निकै गाह्रो छ । तर उनीहरु ट्रम्पले जब ह्वाइट हाउस छाड्नेछन् त्यसपछि यो विवादको विषय बन्न भने सक्ने बताएका छन् ।

५) यौन दुराचारको मुद्दा
ट्रम्पलाई ई. जीन क्यारलले सन् १९९० मा बलात्कारको आरोप लगाएकी थिइन् । ट्रम्पका विरुद्ध कैयन महिलाहरुले यौन दुराचारको आरोप लगाएका थिए । र, यो मामला कैयन दशकबीचका हुन् । ट्रम्पले यी सबै आरोपलाई अस्वीकार गर्दै फेक न्यूज भएको बताएका थिए ।

सन् २०१६ मा ट्रम्पको जीतपछि अधिक्तम आरोपहरु लगाइएको थियो । ट्रम्पले यस विरुद्ध अदालत जाने बताएका थिए । त्यस्तै २ जना महिलाहरुले ट्रम्पका विरुद्ध मानहानीको मुद्दा दायत गरेका थिए ।

एल पत्रिकामा लामो समयसम्म स्तम्भकार रहेकी जीन क्यारल पनि त्यसमध्येकी एक थिइन । उनले सन् १९९० मा म्यानह्याटनको एक लग्जरी डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुपमा बलात्कारको प्रयास गरेको आरोप लगाएकी थिइन । तर ट्रम्पले त्यसलाई पनि अस्वीकार गरेका थिए ।

६) मेरी ट्रम्प मुद्दा
मेरी ट्रम्पले आफ्नो काका डोनाल्ड ट्रम्पका विरुद्ध धोखा दिएको आरोप लगाएकी थिइन ।

मेरी ट्रम्पले आफ्नो पुस्तकमा काका ट्रम्पलाई आत्ममुग्ध भएको बताएकी थिइन् । उनले राष्ट्रपति ट्रम्प र उनका भाइ र बहिनीका विरुद्ध पारिवारिक सम्पत्तिलाई लिएर धोखा दिएको आरोप लगाएकी थिइन । मेरी ट्रम्पले डोनाल्ड ट्रम्पलाई विश्वको सबैभन्दा खतरनाक मानिस भएको समेत उल्लेख गरेकी थिइन ।

उनका अनुसार सन् १९८१ मा जब उनका पिता र डोनाल्ड ट्रम्पका भाइ फ्रेड ट्रम्प जुनियरको ४२ वर्षको उमेरमा मृत्यु भयो तब परिवारको व्यापारमा खास हिस्सा थियो । त्यसबेला मेरीको उमेर १६ वर्ष थियो । उनले मुद्दा दायर गर्दा ५ लाख डलर हर्जाना समेत माग गरेकी थिइन् ।


क्लिकमान्डु