चार महिनामा भयो ८.३४ % पुँजीगत खर्च



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा पुँजीगत खर्च ८.३४ प्रतिशत मात्रै भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्म २९ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ अर्थात ८.३४ प्रतिशत पुँजीगत खर्च भएको छ ।

सरकारले चालु आवमा ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य छ ।

सरकारले ८.३४ प्रतिशत पुँजीगत खर्च गर्दा चालु खर्च भने २४.२५ प्रतिशत गरिसकेको छ ।

कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा २ खर्ब ३० अर्ब १२ करोड २० लाख रुपैयाँ खर्च भएको छ ।

सरकारले यो वर्ष ९ खर्ब ४८ अर्ब ९४ करोड ६ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य रहेको छ ।

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बजेट ल्याएको छ । कुल विनियोजनमध्ये चालु तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड, पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । कात्तिक मसान्तसम्म ९ अर्ब ५० करोड ३१ लाख रुपैयाँ खर्च भएको छ ।


क्लिकमान्डु