प्रधानमन्त्री रोजगारका लागि ६६ हजार बेरोजगारले नाम लेखाए



काठमाडौं । प्रधानमन्त्री रोजगार कोषमा मुलुकभरबाट ६६ हजार बेरोजगारको नाम सूचिकृत गरिएको छ ।

श्रम मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार एक महिनाको अवधिमा ६६ हजार ४ सय ७२ जनाले प्रधानमन्त्री रोजगारमार्फत रोजगार पाउनका लागि बेरोजगार सूचिमा दर्ता भएका छन् ।

चालु आवको असोजसम्ममा मन्त्रालयमा ६ लाख ९ हजार ३ सय ८३ जना बरोजगारहरूको सूचिमा दर्ता भएका थिए । तर, प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी पाउनेको संख्या भने शून्य रहेको छ ।

विगतका वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् लक्षित समूहले रोजगार नपाएको तथा फजुल खर्च भएको भन्दै सरकारको आलोचना समेत भएको थियो ।


क्लिकमान्डु