बुलिस ट्रेन्डमा सेयर बजार, उच्च विन्दु पार गर्ला त ?



काठमाडौं । नेपालको सेयर बजार बुलिस ट्रेन्डमा जान थालेको छ । २०७३ साउन १२ गते बजार हालम्मकै उच्च १८८१.४५ बिन्दुमा पुगेको बजार त्यसपछि पुनः घट्न थालेको थियो । त्यो समयमा अहिलेकै अर्थमन्त्री विष्णुप्रसाद पौडेल थिए ।

उनको कार्यकालमा नेपालको पुँजी बजारले नयाँ रेकर्ड कायम गरेको थियो । त्यसपछि घटेको बजारले त्यो रेकर्ड तोडन सकेको छैन । अब पुनः बजारले त्यो रेकर्डलाई तोडने गतिमा गएको छ ।

दोस्रो पटक अर्थमन्त्रायको बागडोर सम्हाल्न पौडेल मन्त्रालय प्रवेश गरेको एक महिनाको अवधिमा बजारले १५५.२५ अंकले बढी सकेको छ ।

पौडेल मन्त्री भएको दिन असोज २८ गते बुधबार बजार १५६३.२४ बिन्दुमा थियो । कात्तिक २७ गतेसम्म आइपुग्दा १५५.२५ अंकले बढेर १७१८.४९ बिन्दुमा पुगेको छ ।

पुँजी बजार सुधारका लागि नेतृत्वले लिने नीतिगत निर्णय र नेतृत्वले बजारप्रति हेर्ने दृष्टिकोणले पनि फरक पार्ने गर्छन । अर्थतन्त्रमा विज्ञ भनिएका पूर्वमन्त्री डा. युवराज खतिवडा हुँदा नेपालको सेयर बजार सँधै आलोचित बन्यो भने बजारको उल्लेख्य विकास भएन ।

पौडेल मन्त्रालयमा आएपछि उनले सेयर बजारमा बारेमा औपचारिक रुपमा कुनै अभिव्यक्ति दिएका छैनन् । तत्कालिन समयमा भूकम्पको पराकम्पनको समयमा बजारले नयाँ शिखर चुमेका थियो ।

त्यसपछि कुनै पनि सरकारको पालामा त्यो रेकर्ड ब्रेक भएको छैन । अहिले पौडेलकै थाप्लोमा आफ्नो रेकर्ड ब्रेक गर्ने सुवर्ण अवसर आएको थियो । अब बजार १६२.६९ अंकले बजार बढ्यो भने २०७३ साउन १२ गतेको बिन्दुमा बजार पुग्छ, १६३ अंकले बढेको दिन बजारले झण्डै साढे ४ वर्ष अघिको रेकर्ड ब्रेक गर्ने छ ।

त्यसको श्रेय मन्त्री पौडेलले नै पाउने चर्चा समेत शुरु भएको छ । पौडेल मन्त्री भएर आएपछि पूर्व मन्त्री डा. खतिवडाले गरेका खराब काम धमाधम उल्टायाउन थालेका छन् । विद्युतीय सवारीमा लाग्ने कर होस् या, विदेशबाट आउने किताबमा नै निक नहोस् ।

उनले समग्र अर्थतन्त्रको उत्थानका लागि काम गर्ने प्रण गरेका कारण पनि पौडेलकै पालामा बजारले आफ्नो रेकर्ड ब्रेक गर्ने चर्चा रहेको छ ।

पौडेल यसअघि २०७२ साल कात्तिक १९ गते अर्थमन्त्री बनेको दिन बजार मापन गर्ने सूचक १०९०.६८ बिन्दुमा रहेको थियो । त्यसपछि बजारमा उतारचढाव हुँदै गर्दा उनी मन्त्री भएको १० महिनापछि २०७३ साउन १२ गते बजार हालम्मकै उच्च १८८१.४५ बिन्दुमा पुगेको थियो । त्यसपछि बजारमा पुन गिरावट देखिएको थियो ।

पौडेलले दोस्रो पटक मन्त्रालयको बागडोर सम्हालेको दिन बजार १५६२.४६ बिन्दुमा रहेको थियो । उनी मन्त्री भएको एक महिनापछि १५५.२५ अंकले बढेर १७१८.४९ बिन्नुमा पुगेको छ ।

यतिबेला बैंक तथा वित्तीय संस्थामा अधिक तरलता छ । यतिबेला बैंकको ब्याजदर पछि निकै घटेको छ । बैंकको ब्याजदर घट्दा पनि लगानीकर्ताको ध्यान मुद्दति निक्षेपमा भन्दा सेयर बजारमा लगानी तर्फ देखिएको छ ।

जसले गर्दा बजारको विकास हुने देखिएको छ । यतिबेला मुद्दति निक्षेपमा राखेर ब्याज खानु भन्दा सेयर बजारमा लगानीगर्दा बढी लाभ हुने लगानीकर्ताको तर्क छ । जसले गर्दा पनि बजारलाई अझै बुलिस टे«न्डमा जान सहयोग गर्ने देखिएको छ ।

अहिले अन्य अधिकांश क्षेत्रमा लगानीको बाताबरण खुम्चिएको छ । जसले गर्दा सेयर बजारमा लगानी बढेको छ । त्यती मात्रै नभएर पछिल्लो समयमा सेयर बजारका कारोबार गर्न ब्रोकर नै पुग्नुपर्ने बाध्यता कम भएको छ । लकडाउन यता अनलाइबाट पनि सेयर बजारको काम गर्न सकिने भएको छ । जसले गर्दा पनि लगानीकर्ताको ध्यान बजारमा बढेको देखिएको छ ।


क्लिकमान्डु