माउण्टेन इनर्जी नेपालको आइपीओ भर्ने भाेलि अन्तिम दिन



काठमाडौं । माउण्टेन इनर्जी नेपालको साधारण सेयर (आईपीओ)मा आवेदन दिने भाेलि अन्तिम दिन हो ।  कम्पनीले पहिला आजसम्मकाे लागि भनेर सेयर  बिक्री खुला गरेकाे थियाे ।

आज सार्वजिनक बिदा परेका कारण एक दिन समय थप गरेर भाेली सम्म सेयरमा आवेदन दिन सकिनेे व्यवस्था गरेकाे छ ।

भाेलीसम्म माग अनुसार आवेदन नपरेको खण्डमा मंसिर १० गतेसम्म आवेदन दिन सकिनेछ । माउन्टेडले कात्तिक २६ गतेदेखि आइपीओ निष्कासन गरेको हाे ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँको १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीको सेयर ३९ हजार ३६१ कित्ता कर्मचारी, ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको १८ लाख ३० हजार २६५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआइएल क्यापिटल रहेको छ । उक्त आईपीओलाई केयर रेटिङ नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

उक्त सेयरमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने छ । साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।


क्लिकमान्डु