अपर तामाकोशीको वित्तीय विवरण चिन्ताजन, प्रतिसेयर आम्दानी ऋणात्मक



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा अपर तामाकोशी हाइड्रोपावर कम्पनीले १ करोड ७८ लाख १ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ ।

जुत गत आवको सोही अवधिका तुलनामा बढी हो । गत आवको सोही अवधिमा कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १ करोड ३० लाख ५५ हजार रुपैयाँ नोक्सानी व्यहोरी रहेको थियो ।

अहिलेसम्म कम्पनीले विद्युत उत्पादन गरेको छैन । अहिले पनि निर्माणको चरणमा नै रहेको छ । यस्तै अन्य स्रोतबाट हुने आम्दानीमा पनि कमि आएको छ । यो तीन महिनामा कम्पनीले १६ हजार २०६ रुपैयाँ मात्रै अन्य स्रोतबाट आम्दानी गरेको छ । गत आवको सोही अवधिमा २५ लाख १४ हजार ६१९ रुपैयाँ रहेको थियो ।

आम्दानी नभएको सयममा कम्पनीको वित्तीय खर्च भने १० लाख ४९ हजार ४८४ रुपैयाँबाट बढेर १ करोड रुपैयाँ पुगेको छ । १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

प्रतिसेयर आम्दानी १७ पैसा ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ २१ पैसा रहेको छ ।


क्लिकमान्डु