एनसीसी बैंकको नाफा ३४ करोड, निक्षेपका आकार ८० अर्ब पुग्यो



काठमाडौं । एनसीसी बैंकको खुद नाफा १.७२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंकको खुद नाफा चालु आवको सोही अवधिमा ५७ लाख रुपैयाँले बढेको हो ।

बैंकद्वारा सार्वजनिक चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकले ३४ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले ३३ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिमा बैंकको वितरण योग्य नाफा भने १२ करोड २५ लाख रुपैयाँ छ ।

यसैगरी सो अवधिमा बैंकले ८० अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ७९ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको पहिलो त्रैमासको तुलनामा ४.६० प्रतिशत अर्थात् ३ करोड ५२ लाख रुपैयाँ थोरै हो । गत आवको पहिलो त्रैमासमा बैंकले ८३ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

असोज मसान्तसम्म बैंकको खराब कर्जा अनुपात २.८३ प्रतिशत, पूँजीकोष अनुपात १३.४३ प्रतिशत, आधारदर ८.६३ प्रतिशत, सिसिडी रेसीयो ७४.८३ प्रतिशत र स्प्रेडदर ४.३८ प्रतिशत छ ।

सार्वजनिक वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको प्रतिसेयर मुल्य १४ रुपैयाँ ३१ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ४४ रुपैयाँ ५९ पैसा र मूल्य आम्दानी अनुपात १५.३१ गुणा छ ।


क्लिकमान्डु