बैंकिङ समूहले साथ दिँदा सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकममा नयाँ रेकर्ड
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबार बजार मापन गर्ने सूचक १०.८२ अंकले बढेर १७१८.४९ बिन्दुमा रोकिएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२७ अंकले बढेर ३३८.८९ बिन्दुमा रोकिएको छ ।
यो दिन १९८ कम्पनीको १ करोड ३८ लाख ८९ हजार १८९ कित्ता सेयर ४ अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५५१ रुपैयाँको सेयर कारोबार भएको छ । यो दिनको कारोबार निकै उत्साहजनक रहेको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक १०.२१, टे«डिङ १६४.७१, निर्जीबन बीमा ३९.१६, अन्य समूहको उपसूचक २८.३९ अंकले बढेको छ ।
कारोबारमा होटल, जलविद्युत, माइक्रोफाइनान्स, जीवन बीमा समूहको उपसूचकमा भने गिरावट आएको छ ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २८ करोड ५५ लाख ५ हजार ६६९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल दुरसञ्चार कम्पनी र प्रभु बैंक रहेको छ ।
बिहीबार बिशाल बजार कम्पनी, साल्ट टे«डिङ कर्पोरेशनको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।