रिडी हाईड्रोपावरको विद्युत बिक्री सँगै नाफा पनि घट्यो



काठमाडौं । रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको नाफा घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७८ लाख ६२ हजार ५७४ रुपैयाँ रहेको छ । यो गत आवको सोही अवधिको तुलनामा २३.६७ प्रतिशतले घटी हो । गत आवको सोही अवधिमा १ करोड ३ लाख १ हजार ६१७ रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी पनि घटेको छ । त्यसको असर नाफामा देखिएको हो । तीन महिनमा तीन महिनामा विद्युत बिक्रीबाट १ करोड ३७ लाख ६५ हजार ६८१ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १ करोड ५१ लाख ६९ हजार ५२२ रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो ।
५५ करोड ७६ लाख ७४ हजार ३ सय रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ करोड ८१ लाख ८२ हजार ९७९ रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६४ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ८५ पैसा रहेको छ ।

 


क्लिकमान्डु