आईसीएफसी फाइनान्सको नाफा २०६ % ले बढ्यो
काठमाडौं । आईसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९ करोड ३७ लाख २० हजार ४६५ रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २०६.५० प्रतिशतले बढी हो ।
गत आवको सोही अवधिमा ३ करोड ५ लाख ७७ हजार ४७८ रुपैयाँ रहेको थियो । यो अवधिमा फाइनान्सको वितरणयोग्य नाफा ३ करोड १ लाख ९२ हजार २९७ रुपैयाँ रहेको छ ।
संस्थाको खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासमा १० करोड ७९ लाख ५५ हजार ८२९ रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा घटेर १० करोड २० लाख ३१ हजार ३४८ रुपैयाँ रहेको छ ।
यस्तै सञ्चालन मुनाफा ४ करोड ३६ लाख १२ हजार ११० रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १३ करोड ३८ लाख ८६ हजार ३७९ रुपैयाँ रहेको छ । ९२ करोड ६५ लाख २० रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा ३१ करोड १२ लाख ८६ हजार २८५ रुपैयाँ रहेको छ ।
१३ अर्ब ४ करोड २१ लाख २४ हजार १८८ रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ८ अर्ब ४७ करोड ५० लाख १२ हजार ५९९ रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सको खराब कर्जा ०.२८ प्रतिशतबाट बढेर ०.५३ प्रतिशतमा पुगेको छ । ४४ रुपैयाँ २२ पैसा प्रतिशेयर आम्दानी रहेको फाइनान्सको प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ६९ पैसा रहेको छ ।