गुडविल फाइनान्सको नाफा भन्दा वितरणयोग्य नाफा बढी
काठमाडौं । गुडविल फाइनान्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ करोड ९१ लाख ५९ हजार ९०३ रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १३९.२२ प्रतिशतले बढी हो ।
गत आवको सोही अवधिमा १ करोड २१ लाख ८९ हजार ३५६ रुपैयाँ रहेको थियो । यो अवधिमा फाइनान्सको वितरणयोग्य नाफा ४ करोड ५८ लाख ११ हजार ६७९ रुपैयाँ रहेको छ ।
संस्थाको खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासमा ७ करोड ४५ लाख ३३ हजार २६ रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा घटेर ६ करोड २१ लाख ४८ हजार ३६० रुपैयाँ रहेको छ ।
यस्तै सञ्चालन मुनाफा १ करोड ६९ लाख ७९ हजार २७९ रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा ४ करोड १३ लाख ७८६ रुपैयाँ रहेको छ । ८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा ३८ करोड ५८ लाख १७ हजार ५७५ रुपैयाँ रहेको छ ।
८ अर्ब ६१ करोड ८१ लाख २८ हजार ७३४ रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ६ अर्ब ४१ करोड ६४ लाख ६९ हजार ९८२ रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सको खराब कर्जा १.२४ प्रतिशतबाट बढेर २.०१ प्रतिशतमा पुगेको छ । १४ रुपैयाँ ५८ पैसा प्रतिशेयर आम्दानी रहेको फाइनान्सको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ०३ पैसा रहेको छ ।