एनएमबी लघुवित्तको खराब कर्जा घट्दा नाफा १०४ % ले बढ्यो



काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड १२ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिको तुलनामा १०४.४१ प्रतिशतले बढी रहेको छ । गत आवको सोही अवधिका संस्थाको नाफा १ करोड ५२ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिका संस्थाको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । गत आवको पहिलो त्रैमासमा ५ करोड ९९ लाख ४६ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा बढेर ७ करोड ९३ लाख ७१ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा पनि २ करोड ३७ लाख ९५ हजार रुपैयाँबाट बढेर ४ करोड ९३ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

४५ करोड ३६ लाख १८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा ३० करोड ३२ लाख ५६ हजार रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा २.२७ प्रतिशतबाट घटेर २.१० प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २७ रुपैयाँ ५५ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ८५ पैसा रहेको छ ।


क्लिकमान्डु