शिवम् सिमेन्ट्सको साधारणसभा सम्पन्न, लगानीकर्तालाई २४.२१ प्रतिशत लाभांश



काठमाडौं । शिवम् सिमिन्ट्स लिमिटेडले आव २०७६/ ०७७ को पाँचौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

यस शिवम् सिमेन्ट्स लिमिटेडको आ.व. २०७६।०७७ को वार्षिक साधारण सभा कार्तिक २४ गते सोमबारका दिन कम्पनीको कर्पाेरेट कार्यालय, अनामनगर, काठमाडौंको सभाहल तथा जुम मार्फत भएको थियो ।

कम्पनीे संचालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गर्दै कम्पनी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु. ४ अर्व ४० करोड को २४.२१ नगद लाभांशको प्रस्ताव पारित गरेको छ ।

कम्पनी सञ्चालक समितिका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा सम्पन्न उक्त सभामा शेयरधनीको सक्रियता पूर्वक सहभागिता रहेको थियो ।

सहभागि शेयरधनीमहानुभावहरुले कम्पनीले कोरोना कहरका बीचमा पनि नेपाल सरकारले तोकेका सबै स्वाथ्य सुरक्षा मापदण्ड र प्रोटोकलको पूर्ण पालना गर्दै जुम मार्फत समेत सहभागि गराई समयमै साधारण सभा सम्पन्न गरी शेयरधनीहरुमा सकारात्मक प्रभाव परेको, साथै कम्पनीको समग्र लक्ष्य हासिल गर्न सहज होस् भन्ने लगायतका शुभकामना मन्तव्य राखेका थिए ।

सहभागी शेयर धनीहरुको सल्लाह, सुझाव तथा सुभेक्षाले गर्दानै कम्पनीको प्रगति र लक्ष्य हासिल गर्न कम्पनी सञ्चालक समिति र व्यवस्थापन तहलाई थप हौसला मिलेको कम्पनीका कार्यकारी अध्यक्ष गोयलले बताए ।


क्लिकमान्डु