सेयर बजार ४.२२ अंकले बढ्दा ३ अर्ब ६९ करोडको कारोबार



काठमाडौं । सेयर बजारमा सामान्य सुधार हुँदा कारोबार रकम भने निकै भएको छ । नेप्से मापन गर्ने सूचक ४.२२ अंकले बढेर परिसूचक १६५२.८० बिन्दुमा रोकिएको छ ।

१९५ कम्पनीको १ करोड ३५ हजार ३१३ कित्ता सेयर ३ अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७२६ रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा बैंकिङ, विकास बैंक, जलविद्युत, वित्त कम्पनी, जीवन बीमा समूहको उपसूचकमा गिरावट आएको छ ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको ५५ करोड १ लाख ८१ हजार ४८५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल दुरसञ्चार कम्पनी र हिमालयन डिस्ट्रिलरी रहेको छ ।

कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त वित्तीय संस्था, सानिमा जनरल इन्स्योरेन्सको कारोबारमा सकारात्मक सर्किट लागेको छ । घलेम्दी हाईड्रो, पाँचथर पावर कम्पनी, यूनिभर्सल पावर कम्पनी, हिमालयन पावर पार्टन कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु