‘टिभिएस दसैँको आशा’ योजनामा रत्नेस कुमार कर्णले जिते अपाचे आरआर-३१०



काठमाडौं । ‘टिभीएस दसैंको आशा’ योजना अन्तर्गत भाग्यशाली विजेतालाई जनकपुरमा रहेको टिभिएस सोरुमबाट मोटरसाइकलको चाबी हस्तान्तरण गरिएको छ ।

योजना अन्तर्गत रत्नेस कुमार कर्णले टिभीएस अपाचे आरआर-३१० जितेका हुन् । उनलाई जनकपुर उपमहानगरपालिकाका मेयर लाल किशोर साहले टिभिएसको सबैभन्दा महङ्गो मोटरसाइकल अपाचे आरआर-३१० हस्तान्तरण गरेका हुन् ।

उनले कम्पनीको वेबसाइटमा गएर प्रक्रियागत तरिकाले फारम भरेर उक्त प्रतियोगितामा निशुल्क सहभागीता जनाएका थिए । यस योजनामा सहभागिता जनाउन टिभीएसको मोटरसाइकल खरिद गरेकै हुनुपर्ने भन्ने छैन ।

‘टिभीएस दसैंको आशा’ योजना अन्तर्गत टिभीएसको कुनैपनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटर खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्नेछन । साथै ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन । यी दुईमध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।

बम्पर उपहारका रूपमा हरेक साता एकजनाले जित्न सक्ने आरआर ३१० टिभीएसकै सबैभन्दा महँगो मोटरसाइकल रहेको जगदम्बा मोटर्सले जनाएको छ ।

हरेक साता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले टिभीएसको वेबसाइटमा गएर फाराम भर्नुपर्नेछ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्नेछन् भने आरआर ३१० जित्ने अवसर पाउनेछन् ।


क्लिकमान्डु