किसानलाई धनी बनाउने शेखर गोल्छाको शुत्रः उच्च मूल्य भएका खेतीमा प्राथमिकता



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा अहिले निर्वाचन लागेको छ ।

महासंघका वस्तुगत उपाध्यक्षका उम्मेद्वार अन्जन श्रेष्ठले सोमबार जुम बैठकमार्फत कृषि क्षेत्रको सम्भावना र चुनौतीको विषयको बारेमा कार्यक्रम राखेका थिए । मौसमले जाडो सुरु भएको संकेत गरेपनि महासंघमा निर्वाचनको गर्मी बढ्दै गएको छ ।

आगामी साधारणसभाबाट अध्यक्ष बन्न लागेका शेखर गोल्छाले व्यवसायीहरुलाई एउटा प्रश्न गर्दै भने, ‘अहिलेसम्म नेपालमा कृषिको काम गरेर किसान धनी किन भएनन्, किसानले धनी हुन सम्पत्ति बेच्नु परेको छ,आफुले उत्पादन गरेको सामान बेचेर धनी हुन सकेन,’

उनले किसानलाई धनी बनाउने केही उपाय समेत जुम बैठकमा गरे । आफ्नो कार्यकालमा त्यसलाई प्राथमिकता समेत दिने बताए ।

‘अहिले कृषिमा फन्डामेन्टल गल्ती छ,त्यसको लागि हटाउनको लागि कृषिमा उच्च मूल्य पर्ने वस्तुको खेती गर्नु आवश्यक छ,’ गोल्छाले भने ।

नेपालमा काम गर्ने सक्रिय समुहका ४० लाख युवा बाहिर भएको भन्दै गोल्छाले कृषिमा आकर्षक प्रतिफल ल्याउनको लागि उच्च मूल्य भएका खाद्यान्य,फलफुल र मासुजन्य उत्पादनको जोड दिनुपर्ने गोल्छाको भनाई छ ।

उनले निजी क्षेत्रको लागि कृषिमा आकर्षित गर्नको लागि चक्लाबन्दी खेतीको नीति ल्याउनु आवश्यक भएको बताए । वार्षिक आम्दानी बढेको हुँदा आन्तरिक उत्पादनले धान्न नसक्ने भएको हुँदा खाद्यान्यको आयात भएको गोल्छाको भनाई छ ।

कार्यक्रममा व्यवसायीहरुले व्यवसायिक कृषिको बारेमा महासंघले खेल्नुपर्ने भूमिकाको विषयमा समेत छलफल गरेका थिए ।


क्लिकमान्डु