खराब कर्जा उठ्दा समताको नाफा २९५ % ले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा समता लघुवित्त वित्तीय संस्थाको नाफामा उल्लेख्य सुधार आएको छ ।

यो अवधिमा संस्थाको नाफा २९४.५६ प्रतिशतले बढेर १ करोड ११ लाख ९० हजार रहेको छ । गत आवको सोही अवधिमा २८ लाख ३९ हजार रुपैयाँ मात्रै रहेको थियो ।

यो अवधिमा संस्थाको नाफा बढेपनि खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा भने गिरावट आएको छ । अझ सञ्चालन मुनाफा त ऋणात्मक नै रहेको छ ।

आवको पहिलो त्रैमासमा २ करोड ३३ लाख ५१ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको संस्थाको चालु आवको सोही अवधिमा आईपुग्दा १ करोड ६९ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

संस्थाको सञ्चालन मुनाफा गत आवको पहिलो त्रैमासमा १४ लाख २७ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा ८२ लाख २३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

खुद ब्याज आम्दानी घटेको र सञ्चालन मुनाफा ऋणात्मक रहेको अवस्थामा संस्थाको नाफा बढाउन राइटब्याले सहयोग गरेको छ । यो तीन महिनामा संस्थाले २ करोड ५८ लाख २३ हजार रुपैयाँ संस्थाले राइट ब्याज गरेको छ ।

२२ करोड ९३ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी भएको संस्थाको जगेडा कोषमा १२ करोड ५१ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा संस्थाको खराब कर्जा २.२२ प्रतिशतबाट घटेर १.६९ प्रतिशतमा रहेको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ४२ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ४९ पैसा रहेको छ ।


क्लिकमान्डु