सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, कारोबार रकम पनि बढयो



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।

कारोबारमा ट्रेडिङ, उत्पादन तथा प्रशोधन, जलविद्युत, जीवन बीमा लगायतमा उपसूहमा लगानीकर्ताको ध्यान गएको देखिएको छ । बैंकिङ समूहको उपसूचकमा गिरावट आएको छ ।

बजारमा दोहोरो अंकको सुधार आउँदा कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । नेप्से १२.४९ अंकले बढेर १६४८.५८ बिन्दुमा रोकिएको छ ।

१९८ कम्पनीको १ करोड ८ लाख ६३ हजार ४५६ कित्ता सेयर ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको २५ करोड ९२ लाख २ हजार ४८२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा हिमालयन डिस्टिलरी र शिखर इन्स्योरेन्स रहेको छ ।

हिमालयन डिस्ट्रिलरी,साल्ट टे«डिङ कर्पोरेशन, दिव्यश्वरी हाईड्रोपावर, मिथिला लघुवित्त वित्तीय संस्थाकाे काराेबारमा सकारात्मक सर्किट लागेकाे छ । याे दिन नेपाल फाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था, गुँरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु