लगानीकर्तालाई ९ वटा बैंकको आकर्षक लाभांश घोषणा, कसको कति ?



काठमाडौं । सञ्चालमा रहेका २७ वटा वाणिज्य बैंकमा अहिलेसम्म ९ वटा बैंकले लगानीकर्तालाई आर्थिक वर्ष २०७६/०७७ को लाभांश घोषणा गरेको छन् ।

अहिलेसम्म अहिलेसम्म विभिन्न ९ वटा बैंकले लाभांश घोषणा गरिसकेका छन् ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको नेपालमा पनि परेको छ । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा कोरोनाले प्रत्यक्ष असर पारेको थियो । त्यो समयमा बैंकहरुको नाफामा गिरावट आएर लाभांशमा संकुचन आउने हो की भन्ने त्रास थियो । तर हालसम्म बैंकहरुले घोषणा गरेको लाभांश दर निकै आकर्षक देखिएको छ ।

अहिलेसम्म बैंकहरुले न्यूनतम १०.४ देखि २० प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् । सबैभन्दा बढी एनआईसी एसिया बैंकले २० प्रतिशत लाभांश घोषणा गरेको छ । माछापुच्छ्रे बैंकले १०.४० प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा एनआईसीको १९ प्रतिशत बोनस र १ प्रतिशत नगद रहेको छ । यस्तै माछापुच्छ्रेको ७.०३ बोनस र ३.३७ प्रतिशत नगद रहेको छ । लाभांश घोषणा गरेका अन्य बैंकमा बैंक अफ काठमाण्डूले १३ प्रतिशत बोनस र ३ प्रतिशत नगदसहित १६ प्रतिशत, कुमारी बैंकले १० प्रतिशत र ४ प्रतिशत नगदसहित १४ प्रतिशत लाभांश घोषणा गरिसकेका छन् ।

सानिमा बैंकले १० प्रतिशत बोनस र ३.६ प्रतिशत नगदसहित १३.६ प्रतिशत र सिटिजन्स बैंकले ८ प्रतिशत बोनस र ३ नगद सहित ११ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

यता ग्लोबल आईएमई बैंकले १४ प्रतिशत बोनस र २ प्रतिशत नगदसहित १४ प्रतिशत, स्टाण्डर्ड चार्टर्ड बैंकको बोनस ७ र नगद ४.८४ सहित ११.८४ र एभरेष्ट बैंकले बोनस ५ र नगद ५.५३ सहित १०.५३ प्रतिशत लाभाशं घोषणा गरेको छ । बैंकहरुले अहिलेसम्म नगदमा भन्दा पनि बोनसमा नै जोड दिएका छन् ।

तर एभरेष्ट बैंकले बोनस भन्दा नगद लाभांश बढी दिने प्रस्ताव गरेको छ । यस्तै स्टाण्डर्ड चार्टर्डले पनि बोनससँगै नगदमा जोड दिएको छ ।

यी बैंकहरुले प्रस्ताव गरेको लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि आगामी साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने छन् ।

Bank Cash Bonus
Machhapuchhre Bank 3.37 7.03
Bank of Kathmandu 3 13
Sanima Bank 3.6 10
Citizen Bank 3 8
NIC Asia Bank 1 19
Kumari Bank 4 10
Global ime 2 14
Standard Chartered 4.84 7
Everest Bank 5.53 5


क्लिकमान्डु