मेरो माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई १७.८३ प्रतिशत लाभांश दिने भएको छ ।

संस्थाले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाले चुक्ता पुँजीको १६.९३९९ प्रतिशत बोनस र त्यसको कर प्रयोजनको लागि ०.८९१६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव राष्ट्र बैंकले स्विकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु