महंगा बाइक बनाउने हार्ले डेभिडसनले बनायो विजुलीबाट चल्ने साइकल, यस्ता छन् विशेषता



एजेन्सी ।  महंगा मोटरसाइकल निर्माता कम्पनी हार्ले डेभिडसनले इलेक्ट्रिक बाइक निर्माण गरेको छ ।

यसलाई इलेक्ट्रिक साइकल पनि भन्न सकिन्छ । किनभने यो हेर्दा आम साइकलभन्दा धेरै फरक छैन ।

हार्ले डेभिडसनले आगामी दिनमा आफ्नो इबाइक डिभिजनलाई सिरियल १ साइकल कम्पनीको नामबाट स्थापित गर्न सक्छ ।

सन् १९०३ मा हार्ले डेभिडसनको सबैभन्दा पुरानो मोटरसाइकलको सिरियल नम्बर १ थियो । सिरियल १ साइकलका निर्माणका लागि कम्पनीले नयाँ टिम तयार पारेको छ ।

यसैकारण कम्पनीले यसको नाम पनि सिरियल १ राखेको हो । यो इलेक्ट्रिक बाइकको बिक्री आगामी मार्चदेखि शुरु हुनेछ । कम्पनीले हाल यसको स्पेसिफिकेशन्स सेयर गरेको छैन ।

सिरियल १ मा ह्वाइट कलरको टायर छन् भने यो आमरुपमा साइकलमा जस्तै एउटा मात्रै सिट छ । तथा परम्परागत चेनसँगै पाइडल पनि छ । कम्पनीको यो सिरियल १ साइकलका लागि डेडिकेडेट वेवसाइट पनि बनाएको छ ।

हार्ले डेभिडसन सिरियल १ साइकल वेवसाइटमा काउन्टडाउन टाइमर राखिएको छ । जुन १६ नोभेम्बरसम्म छ । अर्थात् कम्पनी १६ नोभेम्बरमा यसका बारेमा थप जानकारी सेयर गर्न सक्छ ।

हार्ले डेभिडसनका अनुसार सिरियल १ इ बाइसाइकल अन्य साइकलभन्दा तीव्र गती, बिना इफोर्ट राइड दिन सक्ने क्षमता छ । जुन ग्रामीण क्षेत्रका लागि राम्रो हुने बताइएको छ । कम्पनीले आगामी महिना यो इसाइकलका बारेमा विस्तृतमा बताएपछि मात्रै यो कसरी काम गर्छ भन्ने जानकारी प्राप्त हुनेछ ।


पुष्प दुलाल