सेयर बजार स्थिर, कारोबार रकम घट्यो
काठमाडौं । बुधबार सेयर बजार स्थिर बनेको छ । बजार मापन गर्ने सूचक २.३९ अंकले घटेर परिसूचक १६४०.६४ बिन्दुमा रोकिएको छ ।
२०२ कम्पनीको ५६ लाख ३१ हजार ६०४ कित्ता सेयर १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९०५ रुपैयाँको सेयर किनबेच भएको छ । अघिल्ला दिनको तुलनामा यो दिन कारोबार रकम भने घटेको छ ।
यो दिन बैंकिङ समूहको उपसूचक ३.०४, विकास बैंक ११.४२, निर्जीबन बीमा ८८.६८, माइक्रोफाइनान्स ३.६६, जीवन बीमा समूहको उपसूचक १२.६७ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा प्राइम कमर्शियल बैंक रहेको छ । बैंकको ९ करोड ५ लाख ३३ हजार ४३३ रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा अरुण काबेली पावर र नेपाल दुरसञ्चार कम्पनी रहेको छ ।
बिशाल बजार कम्पनी, सानिमा जनरल इन्स्योरेन्सको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।