मेगा बैंकका ६ संस्थापकले १ लाख ४४ हजार कित्ता सेयर बेचे, कसले किन्यो सेयर



काठमाडौं । मेगा बैंकका ६ जनाले संस्थापक सेयरधनीले आफ्नो सेयर बिक्री गर्न लागेका छन् । उनीहरुले जम्मा १ लाख ४४ हजार ५८० कित्ता सेयर बिक्री गर्न लागेका हुन ।

बैंकको संस्थापकले बिक्री गर्न लागेको सेयर गैर संस्थापकले खरिद गर्न लागेको भन्दै बैंकले उक्त सेयर खरिद गर्न कोही संस्थापक इच्छुक छ भने ३५ दिन भित्र निवेदन दिन आग्रह गरेको छ ।

बैंकका अनुसार राष्ट्र बैंकको नियमन अनुसार उक्त सेयर किन्न संस्थापकलाई नै प्राथमिकता दिनु पर्ने भएकोले संस्थापक सेयर किन्न चाहनेले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय राइजिङ मलमा खरिद गर्न चाहेको कित्ताको व्यहोरा खुलजाइ निवेदन पेश गर्न आग्रह गरिएको छ ।

बैंकका संस्थापक सेयरधनीहरु विशाल पाण्डितले ७३ हजार ३४९ कित्ता सेयर बिक्री गर्न लागेका छन् । उनको सेयर नारायण प्रसाद पोखरेलले किन्ने भएका छन् ।

यस्तै विमला गुरुङ र राजेन्द्र प्रसाद श्रेष्ठले बिक्री गर्न खोजेको क्रमश२४ हजार ८०६ र ९ हजार ५४५ कित्ता सेयर शुभा श्रेष्ठले किन्न लागेकी छिन् ।

यस्तै देवी प्रसाद अर्यालको नाममा रहेको १५ हजार ४८१ कित्ता नन्दलाल त्रिपाठी र अर्यालकै नाममा रहेको २० हजार कित्ता सेयर त्रिभुवन शर्माले किन्न लागेका छन् ।

यता नेत्रपाणी अधिकारीको नाममा रहेको १ हजार ३९९ कित्ता सेयर सूर्य प्रसाद लम्सालले किन्ने भएका छन् । उक्त सेयरमा किन्न कुनै संस्थापक सेयरधनी तयार भए उनीहरुले किन्ने छन । अन्यथा अहिले नै किन्न चाहेका लगानीकर्ताले उक्त संस्थापक सेयर किन्न पाउने छन् ।


क्लिकमान्डु