दक्षिण एशियामा पहिलो पटक चाउचाउ भित्र्याउने उद्योगी केसीको निधन



काठमाडौं । दक्षिण एसिशयामा नै पहिलो पटक हल्का खाद्य सामग्रीको रुपमा लिइने चाउचाउलाई रारा ब्राण्ड दिएर उत्पादन गर्ने उद्योगी सूर्यबहादुर केसीको निधन भएको छ ।

सुगर, प्रेसरको समस्या र चिसोको असरलेसमेत ६३ वर्षीय केसीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । प्रतिनिधि सभाका सदस्य तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका केसीको सोमबार राती निधन भएको हो । उनको पोखरास्थित आफनै निवासमा निधन भएको हो ।

उद्योगीहरुका अनुसार रारा चाउचाउ दक्षिण एसियाकै पहिलो मानिन्छ । त्यसको केही महिनापछिमात्र भारतमा म्यागी चाउचाउको उत्पादन सुरु भएको बताइन्छ ।

निर्माण व्यवसायीका रुपमा व्यावसायिक जीवन शुरु गरेको केसीले विद्युत, बैंकिङ, खाद्य क्षेत्रमा लगानी गरेका छन् । व्यवसायीका रुपमा स्थापित भएपछि उनले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति शुरु गरेका थिए ।

अघिल्लो पटक सोही पार्टीीबाट संविधानसभा सदस्य समेत बनेका केसी २०७४ सालको प्रतिनिधिसभाको निर्वाचन अघि नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनी काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य एवम् आमन्त्रित केन्द्रीय सदस्य समेत थिए ।

नेपालकै प्रतिष्ठित उद्योगीका रुपमा परिचित केसी केसी नेपाली चाउचाउ उद्योगका पायोनियर व्यक्तिका रुपमा परिचित थिए । । हिमश्री फुड्सका अध्यक्ष समेत रहेका केसीको निधान भएको उनका सहकर्मी एवम् उदोगी कृष्ण आचार्यले समेत पुष्टि गरेका छन् ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सांसद, प्रतिष्ठित उद्योगी एवम गण्डकी क्षेत्रमै विशिस्ट समाजसेवीका रुपमा पहिचान बनाएका काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य, नेता सूर्यबहादुर केसीको गएराती आफ्नै निवास पोखरामा धिनको भएको पुष्टि गरेका छन् ।

निष्ठा, लगन र अनवरत कर्मले सूर्यबहादुर केसीको व्यक्तित्व अग्लिएको भन्दै नेता पौडेलले कास्केली जनताको सुख दुःखमा उनको साथ र सहयोग रहेको बताएका छन् ।

केसीको निधनले उद्योगव्यवसाय क्षेत्र र नेपाली कांग्रेस पार्टीलाई अपुरणीय क्षति पुगेको महशुस गरेको नेता पौडेलले बताएका छन् ।


पुष्प दुलाल