२ वर्षमा प्यारामाउन्टले बेच्यो २२९ वटा एमजी गाडी, १ अर्बको व्यापार



काठमाडौं । नेपालमा एमजी गाडीको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले २ वर्षमा २२९ वटा एमजी गाडी बिक्री गरेको छ ।

प्यारामाउन्टले आर्थिक वर्ष २०७५/७६ मा ५३ वटा र आर्थिक वर्ष २०७६÷७७ मा १७६ वटा एमजीको गाडी बिक्री गरेको हो ।

गतवर्ष २०७६/७७ मा एमजीले नक्सालको शोरुमबाट १४१ वटा गाडी बेचेको छ भने उपत्यका बाहिरको सोरुमबाट ३५ वटा गाडी बिक्री गरेको छ ।

गाडी बिक्रीबाट प्यारामाउन्टले आर्थिक वर्ष २०७५/७६ मा २७ करोड रुपैयाँको व्यापार गरेको छ भने गतवर्ष २०७६/७७ मा ७९ करोड रुपैयाँको व्यापार गरेको थियो ।

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनले गर्दा प्यारामाउन्टको व्यवसायमा समेत असर गरेको छ । सरकारले जेठ १५ मा ल्याएको बजेटले विद्युतिय गाडीमा बढाएको करले समेत असर परेको थियो । यद्यपी केही कर भने अहिले सरकारले हटाएको छ ।

प्यारामाउन्टले व्यवसाय विस्तार अन्तर्गत १ अर्ब २ करोड रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु