राष्ट्र बैंकले २५ करोड २६ लाख मुद्दती निक्षेपमा लगानी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ करोड २६ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बैंकले सूचना जारी गरेर उक्त रकम क, ख र ग वर्गका बैंक तथा वित्त कम्पनीमा १ वर्षको लागि लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २० करोड २१ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड ७८ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड २७ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय आफूले लिन चाहेको रकम र त्यसको लागि ब्याजदर समेत खुलाएर कात्तिक १८ गते २ बजे भित्र राष्ट्र बैंकमा शिलबन्दी दरभाउपत्र सम्बन्धी फारम बुझाउनु पर्ने छ ।

त्यसको लागि राष्ट्र बैंकले विभिन्न शर्त समेत तोकेको छ । जसमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्ने, बैंकले तोकेको न्युनतम पूँजीकोष कायम गरेको, निष्कृय कर्जा कुल कर्जा सापतको ५ प्रतिशत भन्दा कम भएको खुद तरल सम्पती स्वेदशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने लगायतका शर्त रहेका छन् ।


क्लिकमान्डु