९ करोड थान स्मार्टफोन बिक्री गरेर सामसुङले कमायो ११ अर्ब डलर



काठमाडौं । अमेरिका र चीनबीचको व्यापार युद्धको फाइदा दक्षिण कोरियन कम्पनी सामसुङको व्यापारमा उल्लेख्य वृद्धि भएको छ । सन् २०२० को सेप्टेम्बर अन्त्यसम्म सो कम्पनीको मुनाफामा ५९ प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा भएको वृद्धिका कारण कम्पनी नयाँ स्थानमा पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सेप्टेम्बर अन्त्यसम्म सो कम्पनीले १०.८९ अर्ब डलर बराबरको कमाई गरेको छ ।

कम्पनीले मेमोरी चिप्स, स्मार्टफोन तथा अन्य उपकरण बिक्रीबाट आम्दानी बढाएको हो । सामसुङले तेस्रो चौमासमा सबैभन्दा बढी नाफा गरेको यो पहिलो पटक हो ।

सामसुङले बढी जनसंख्या भएको भारत जस्ता देशमा समेत व्यवसाय विस्तार गर्दै आएको छ । यस्तै, नेपालमा समेत सामसुङ लोकप्रिय ब्राण्डको रुपमा स्थापित छ ।

सो कम्पनीले सन् २०२० को सेप्टेम्बरसम्म ८ करोड ८० लाख बराबरको ह्याण्डसेट बिक्री गरेको छ । त्यसमा ९० प्रतिशत बढी स्मार्टफोन नै रहेको छ । त्यसमा ९० लाख वटा त टयाबलेट नै बिक्री गरेको छ । पछिल्लो समयमा भने कम्प्युटर चिप्सको मागमा भने कमी आएको जनाएको छ ।
भमरतीय बजारमा सामसुङको हिस्सा २४ प्रतिशत रहेको छ भने चिनियाँ कम्पनी शाओमीको हिस्सा २३ प्रतिशत रहेको छ ।

यसअघि भने शाओमी शीर्ष स्थानमा रहेको थियो । सन् २०२० मा संसारभर नै लकडाउन भएपनि कम्पनीको स्मार्टफोन तथा अन्य उपकरणको माग भने उल्लेख्य रुपमा वृद्धि भएको छ ।

कम्पनीले पछिल्लो पटक ग्यालेक्सी नोट २० ग्यालेक्सी जेड फोल्ड २ जस्ता नयाँ प्रडक्ट सार्वजनिक गरेको छ । कोरोना भाइरस तथा अमेरिका र चीनबीचको व्यापारिक युद्धका कारण सामसुङलाई फाइदा भएको विभिन्न् सञ्चार माध्यमले बताएका छन् ।


पुष्प दुलाल