स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशत बोनस तथा ४.८४ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगानीकर्तालाई गतवर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर तथा ४.८४ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको संचालक समितिको बैठकले गतवर्षको नाफाबाट ११.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

चार्टर्डले पछिल्लो दशकमा दिएको यो सबैभन्दा कम लाभांश हो । ८ अर्ब १ करोड चुक्ता पूँजी रहेको चार्टर्डको ७ प्रतिशत बोनस सेयरपछि चुक्ता पूँजी ८अर्ब ५७ करोड पुग्ने छ ।


क्लिकमान्डु