चीनसँग ३ अर्ब डलर ऋण लिएर पाकिस्तानमा चल्यो मेट्रो रेल, नेपालमा कहिले ?



पाकिस्तामा पहिलो पटक मेट्रो रेल चलेको छ । चीन सरकारले सहयोगमा पहिलो पटक मेट्रो रेल चलेको हो ।

करिब २७ किलोमिटर लम्बाइ भएको मेट्रो लाइनमा दुई दर्जनभन्दा बढी स्टेसन हुनेछन् ।

मेट्रो रेल चलेसँगै लाहोर जस्तो भिडभाडयुक्त सहरमा आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ । यदी बसको यात्रामा साढे २ घण्टा लाग्दा मेट्रोबाट ४५ मिनेटमा पुगिनेछ ।

अधिकारीहरु पूर्णरुपमा सञ्चालन हुँदा हरेक दिन साढे २ लाख मानिसले मेट्रोबाट यात्रा गर्नेछन् । पञ्जाब राज्यका मुख्यमन्त्री उस्मान बूजदारले आइतबार मेट्रो रेल उद्घाटन गर्दै यो परियोजना लाहेरमा जनताको विश्वस्तरीय सुविधा दिन सक्षम हुने बताए ।

यस परियोजनामा करिब ५ सय अर्ब रुपैयाँ खर्च भएको छ । यो परियोजनाको पूरा गर्नका लागि कैयन वर्ष राजनीतिक विवाद समेत भएको थियो भने लामो समय लागेको थियो ।

चीनले आफ्नो बेल्ड एन्ड रोड पहलका आधारमा पाकिस्तानमा अर्बौ डलर लगानी गरेको छ । जसको उद्देश्य एसिया, अफ्रिका तथा युरोपको अर्थव्यवस्थामा ठूला संरचनायुक्त प्रोजेक्टसँग जोडिनु रहेको छ । बीआरआईमा नेपाल सहभागी भए पनि हालसम्म कुनै पनि परियोजना चीनसँग प्रस्तुत गर्न सकेको छैन । पश्चिमाहरु भने बीआरआईमार्फत् चीनले अविकसित तथा विकासोन्मुख देशमा ऋणको पासो लगाएको भन्दै आलोचना गर्दै आएका छन् ।

मेट्रो लाइन निर्माणका लागि ६ सयभन्दा बढी रुख काट्नु परेको थियो ।


क्लिकमान्डु