हालसम्मकै ठूलो आइपीओ चीनका अर्बपति ज्याक माले ल्याउने, आकार नेपालको अर्थतन्त्र बराबर



चीनका सबैभन्दा धनी ज्याक माको कम्पनी आन्टले हालसम्मकै सबैभन्दा ठूलो रकम बराबरको आइपीओ जारी गर्ने भएको छ ।

इ–कमर्स प्लेटफर्म कम्पनी अलिबाबा कम्पनीका संस्थापक समेत रहेका अलिबाबाले ३४.४ बिलियन डलर अर्थात् ४० खर्ब रुपैयाँ भन्दा बढी बराबरको आइपीओ जारी गर्ने तयारी गरेको हो । कम्पनीले चीनको सांघाई र हङकङ स्टक मार्केटमा प्रवेश गर्ने तयारी गरेको हो । यसको आकार नेपालको अर्थतन्त्र बराबर हो । केन्द्रिय तथ्यांक विभागका अनुसार नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब रुपैयाँ हो ।

यसअघि गत डिसेम्बर महिनामा साउदी अरबको तेल कम्पनी साउदी अरामकोले २९.४ अर्ब डलरको आइपीओ जारी गरेको थियो ।

आन्ट अनलाइन पेमेन्ट व्यवसाय हो । जसले ११ प्रतिशत सेयर बिक्री गर्ने तयारी गरेको हो । हाल व्यवसायको कुल सम्पत्ति ३१३ अर्ब डलरको छ ।

जसमा ज्याकमाको कम्पनीमा १७ अर्ब डलर बराबरको हिस्सा छ । आन्ट कम्पनीले अलिपे नामक कम्पनी सञ्चालन गदै आएको छ । जुन चीनमा सबैभन्दा बढी प्रयोग हुने अनलाइन पेमेन्ट हो ।
हाल अलिपे कम्पनीका १ अर्ब २० करोड प्रयोगकर्ता छन् । जसमा सबैभन्दा धेरै चीनमा छन् । साथै एसियाभरीमा कम्पनीका अन्य ९ वटा पार्नटर पनि छन् । साथै कम्पनीले बीमा, पैसा ट्रान्सफर तथा वेल्थ म्यानेजमेन्ट जस्ता काम पनि गर्दै आएको छ ।


क्लिकमान्डु