लुक्ला जान बाटो खुल्यो, सरकारी बाहेक यी ३ अस्पतालको रिपोर्ट मात्रै मान्य हुने



काठमाडौं । कोरोना देखिएपछि कात्तिक ६ गतेदेखि बन्द भएको लुक्ला विमानस्थल दशैंको दिनदेखि फेरि खुल्ने भएको छ ।

खुम्बुपासाङ गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त निर्णय गरेको हो ।

तर पीसीआर परीक्षणमा कडाई गरिएको छ । गाउँपालिकाले जारी गरेको सूचनामा सरकारी अस्पताल बाहेक निजी ३ अस्पतालहरु हाम्स, बी एन्ड बी र स्टार अस्पतालको पीसीआर परीक्षण गरेको मान्य हुनेछ ।

त्यसैगरी ७२ घन्टाभित्रको पीसीआर नेगेटिभ आएको रिपोर्ट अनिवार्य गरिएको छ ।

हाल अन्य पर्यटकीय गन्तव्य बन्द रहेका बेलामा  एभरेस्ट ट्रेलका लागि लुक्ला भने खुला गरिएको छ । ट्राभल कम्पनी तथा एयरलाइन्सहरुले समेत  लुक्ला, नाम्चेका लागि प्याकेज ल्याएका छन् ।


क्लिकमान्डु