दशैंमा बैंकको क्यासब्याक अफर, कुन बैंकले कति दिँदैछन दक्षिणामा अफर ?



काठमाडौं । कोरोनाको कहरकाबीच बैंकहरुले यो वर्षको दशैंलाई डिजिटल बनाउन भन्दै विभिन्न अफर ल्याएका छन् ।
कोरोनाका कारण व्यक्तिगतदुरी कायम गरी, स्वास्थ्यका विभिन्न मापदण्ड पुरा गरेर मनाउनु पर्ने दशैंलाई बैंकहरुले डिजिटल बनाउन विभिन्न अफर ल्याएका छन् ।

बैंकले यो अवधिमा डिजिटल कारोबारलाई निकै प्रोत्साहन दिने खालको अफर ल्याएका छन् ।

यो वर्षको चाडबाडलाई लक्षित गरेर बैंक अफ काठमाण्डूले बिओके स्मार्ट डिजिटल दक्षिणा योजना ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न डिजिटल दक्षिणा योजनामा नगदसहितको उपहार योजना ल्याएको छ ।

बैंकका ग्राहकले तीन पटक भिन्नभिन्न व्यक्तिलाई मोबाइल बैंकिङ्ग प्रयोग गरी दक्षिणा दिँदा १ हजार वा सोभन्दा बढी भएमा १ सय नगद उपहार पाउने छन् । यसका लागि मोबाइल बैंकिङ्गको प्रयोग गरी कम्तिमा ३ पटक रकमान्तर गर्नुपर्ने छ । रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्ती फरक–फरक हुनुपर्नेछ । उक्त दक्षिणा प्रदान गर्दा ग्राहकले ३ कारोबार गर्दा १ हजारभन्दा बढी हुनुपर्छ ।

ग्राहक महानुभावहरुले दक्षिणा दिँदा बैंकको मोबाइल बैंकिङ्गमा भएको फोनपेमार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने छ । ग्राहकले कारोबारको विवरणमा दक्षिणा राख्नुपर्छ ।

चाडवाड लक्षित गर्दै मेगा बैंकले पनि ‘तीनमा तीन सय’ नामक अफर ल्याएको छ । कोरोनाको समयमा नोट बिहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले ‘डिजिटल दक्षिणा’ योजना ल्याएको छ । यसमा अफरमा दक्षिणा दिनेले पनि तीन सय रुपैयाँ पाउनेछन् ।

बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणा स्वरुप रकम पठाउनुपर्नेछ ।
दक्षिणा बापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैयाँ ‘क्यासब्याक’को व्यवस्था रहेको छ । रकम पठाउँदा विवरणमा ‘दक्षिणा’ भनी खुलाउनुपर्ने छ । यो अफर भोलि (दशैंको टीकाको दिन)देखि पूर्णिमासम्म रहने छ । ग्राहकहरुले तीन वटा खातामा न्यूनतम ५ सय रुपैयाँ दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने छ ।

यता एनआईसी एसिया बैंकले ‘डिजिटल दक्षिणा योजना’ ल्याएको छ । यो योजना अन्तर्गत विजया दशमी (भोलीदेखि) देखि पूर्णिमासम्म एनआईसी एशिया बैंकबाट एनआईसी एशियाकै खातामा रकम पठाउँदा रकम प्राप्त गर्नेले १० प्रतिशतसम्म रकम फिर्ता प्राप्त गर्न सक्नेछन् । यो डिजिटल दक्षिणा सुविधा ग्राहकले खातामा रकम पठाउँदा मात्रै उपलब्ध हुनेछ ।

यस्तै माछापुच्छ्रे बैंकले दसैँको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मनि मार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकलाई आकर्षक क्यासव्याक प्रदान गर्ने अफर ल्याएको छ ।

कोरोनाको जोखिम बढ्दै जादाँ नगदरहित कारोबारलाई जोड दिँदै बैंकले दसैँमा दिइने दक्षिणा डिजिटल माध्यमबाट दिन आग्रह गर्दै डिजिटल दक्षिणा दिने ग्राहकलाई अधिकतम १०० रुपैयाँसम्म क्यासव्याक दिने भएको हो ।

विजया दशमीको दिन (भोली)देखि पूूर्णिमासम्म बैंकको मोबाइल बैंकिङ्ग एप माछापुच्छ्रे मोवाइल मनि (एम थ्री) मार्फत जुुनसुुकै बैंकको खातामा दक्षिणा पठाउँदा ग्राहकहरुले उक्त क्यासव्याक प्राप्त गर्न सक्नेछन् ।

क्यासव्याक प्राप्त गर्न ग्रांहकले पैसा ट्रान्सफर गर्दा प्रोमो कोड मा दक्षिणा लेख्नुुपर्नेछ । उक्त क्यासव्याक पूूर्णिमापछि ग्राहकमहको खातामा सिधै जम्मा हुुनेछ । क्यासव्याक प्राप्त गर्न न्यूूनतम २०० वा सो भन्दा बढिको दक्षिणा कारोबार गर्नुुपर्नेछ ।

यस्तै सिटिजन्स बैंकले ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना सार्वजनिक गरेको छ ।

बैंकका ग्राहकले मोबाइल बैकिङ्ग मार्फत दसैँमा दक्षिणा पठाउँदा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् । बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताले दशैंको दिन (भोली) देखि द्वादशीसम्म तीन पटक गरी ५ सय भन्दा बढी दक्षिणा पठाएमा त्यसको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसरी दक्षिणा पठाउँदा बिबरणमा भने ‘दक्षिणा’ भनी खुलाउनपर्ने छ ।

दशैंलाई लक्षित गरि ल्याइएको यो योजनाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र कोभिड नियन्त्रण बिरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

कोरोनाको त्रास अझै कायम रहेको अवस्थामा ग्राहकलाई सकेसम्म बैंकमा नआइ बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस भनी बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लगईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्ने व्यवस्था गरेको छ ।


क्लिकमान्डु