कोरोना भित्रिएपछि लुक्ला विमानस्थल बन्द, ट्राभल प्याकेज खरिद गरेका पर्यटक जान पाएनन्



काठमाडौं । कोरोना संक्रमित भेटिएपछि खुम्बु पासाङल्हामु गाउँपालिकाले हवाई सेवा बन्द गर्ने निर्णय गरेको छ । जसका कारण लुक्ला जाने सम्पूर्ण हवाई उडानहरु रद्द भएका छन् ।

कोरोना महामारीपछि बन्द भएको पर्यटकीय क्षेत्र लुक्ला केही समय अघि खुला भएको थियो । जसकारण लुक्ला र नाम्चे हुँदै एभरेस्ट ट्रेलका लागि ट्राभल कम्पनीहरुले प्याकेज ल्याएका थिए भने हवाई कम्पनीले समेत सस्तो प्याकेज ल्याएका थिए ।

अन्य पर्यटकीय क्षेत्रहरु घान्द्रुक, घोरेपानी, मुस्ताङ, पुनहिल, रारालगायतका क्षेत्र बन्द भएका बेलामा लुक्ला भने खुला गरिएको थियो ।

तर त्यहाँको गाउँपालिकाले कोरोना संक्रमण देखिएको भन्दै बन्द गरेको हो ।


क्लिकमान्डु