अप्ठयारो परिस्थितिलाई सामना गर्दैै आर्थिक विकासमा लाग्नुको विकल्प छैनः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले देशको आर्थिक अवस्था अप्ठयारो परिस्थितिमा रहेको बताएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले आयोजना गरेको भर्चुअल शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले कोरोनाले निम्त्याएको अप्ठयारो परिस्थितिमा पनि आर्थिक विकासमा लाग्नु पर्ने समय आएको बताए । अहिलेको अप्ठयारो परिस्थितिलाई सामना गर्दैै समग्र आर्थिक विकासमा लाग्नुको विकल्प नभएको बताए ।

उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई सफल बनाउन सबैको भूमिका आवश्यक रहेको भन्दै यसको लागि सबैले आ–आफ्नो गाँउबाट लाग्नसमेत आग्रह गरेका छन् ।

यसको लागि तीनै तहको सरकारको भूमिका प्रभावकारी हुन आवश्यक रहेको बताए । उनले सिंगो देशको विकास र समृद्धितर्फ जानको लागि आफुले पनि काम गर्ने र यसमा सबैको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या कुमारी अर्यालले देशको अर्थतन्त्रलाई मजबुत बनाएर अघि बढ्न मन्त्री पौडेललाई आग्रह गरेकी छिन् ।

उनले मन्त्री पौडेललाई जनताले शिर उठाउने गरी काम गर्न आग्रह गरेकी छिन् । साथै मन्त्री अर्यालले पनि त्यही अनुसार काम गर्ने प्रण गरेकी छिन् ।


पुष्प दुलाल